बैंकमा थुप्रियो पैसा: राष्ट्र बैंकले ५५ अर्ब रुपैयाँ तान्यो
५६ दिन अवधिको निक्षेप उपकरणमार्फत ५५ अर्ब रुपैयाँ प्रशोधन गरिएको छ। अधिक तरलता व्यवस्थापन गर्न यो महिना यो तेस्रो पटक हो।
दीपक अधिकारीआर्थिक ब्युरो प्रमुख

काठमाडौं — नेपाल राष्ट्र बैंकले ५६ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत बैंकिङ प्रणालीबाट ५५ अर्ब रुपैयाँ प्रशोधन गरेको छ।
यसअघि ६० दिन अवधिको उपकरणमार्फत ३५ अर्ब र ९० दिन अवधिको उपकरणमार्फत १८ अर्ब रुपैयाँ प्रशोधन गरिएको थियो। एकै महिनामा तीन पटक यस्तो उपकरण प्रयोग हुनु प्रणालीमा पैसा थुप्रिएको संकेत हो।
पैसा छ, तर कर्जा जाँदैन
बैंकहरूसँग लगानीयोग्य रकम पर्याप्त छ तर कर्जाको माग सुस्त छ। बाढीपछि व्यवसायिक गतिविधि खुम्चिएका क्षेत्रमा नयाँ कर्जा झन् घटेको बैंकरहरू बताउँछन्।
तरलता बढी भएपछि ब्याजदर घट्छ, जसले निक्षेपकर्तालाई मार पर्छ। राष्ट्र बैंकले दर अत्यधिक तल झर्न नदिन उपकरण प्रयोग गरिरहेको छ।
विषय
दीपक अधिकारी
राष्ट्र बैंक, बजेट र बाह्य क्षेत्रका अंकहरू पढ्दै तिनको अर्थ खोज्ने अधिकारी जनपथको आर्थिक ब्युरो हेर्छन्। रेमिट्यान्स, तरलता र अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका विषयमा उनका लामा रिपोर्ट प्रकाशित छन्।
यस समाचारमा अहिलेसम्म कुनै टिप्पणी छैन।
टिप्पणी (०)