गोपनीयता नीति
हामी कुन विवरण संकलन गर्छौं, किन गर्छौं र कति समय राख्छौं।
के संकलन गर्छौं
- कुन पृष्ठ कति पटक हेरियो भन्ने गुमनाम तथ्यांक — कुन समाचार पढिँदैछ भन्ने बुझ्न।
- टिप्पणी गर्दा दिइएको नाम र इमेल — टिप्पणी प्रकाशन र मोडरेसनका लागि।
- सम्पर्क फारम वा इमेलबाट पठाइएको विवरण — जवाफ दिन।
के गर्दैनौं
पाठकको व्यक्तिगत विवरण बिक्री गर्दैनौं। कानुनी बाध्यता नभएसम्म तेस्रो पक्षलाई हस्तान्तरण गर्दैनौं।
कुकी
साइट सञ्चालन र पठन तथ्यांकका लागि कुकी प्रयोग हुन्छ। ब्राउजरको सेटिङबाट कुकी बन्द गर्न सकिन्छ; त्यसो गर्दा केही सुविधा नचल्न सक्छन्।
तपाईंको अधिकार
आफ्नो विवरण हेर्न, सच्याउन वा हटाउन अनुरोध गर्न सक्नुहुन्छ। सम्पर्क पृष्ठको इमेलमा लेख्नुहोस्; अनुरोध प्राप्त भएको १५ दिनभित्र जवाफ दिन्छौं।